स्वास्थ्यमन्त्री तामाङले गरे सम्पत्ति विवरण सार्वजनिक: १४ ठाउँमा जग्गा, अरु के के?

स्वास्थ्यमन्त्री तामाङले गरे सम्पत्ति विवरण सार्वजनिक: १४ ठाउँमा जग्गा, अरु के के?

केन्द्रबिन्दु
0
Shares

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङले सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।  

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० को उपदफा १ अनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिले पदधारण गरेको मितिले ६० दिनभित्र आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्थाबमोजिम उनले मन्त्रालयको वेवसाइटमा आफ्नो र श्रीमती उषाकला राईको सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । राई अहिले प्रदेश नंं १ का सामाजिक विकासमन्त्री छिन्। 

जेठ २१ गते विस्तार गरिएको मन्त्रिमण्डलमा स्वास्थ्यमन्त्रीमा नियुक्त तामाङले सार्वजनिक गरेको सम्पत्तिविवरण अनुसार तामाङ दम्पतीका १४ ठाउँमा जग्गा छ। उनको नाममा अंशवापत प्राप्त पैतृक जग्गा तीन र श्रीमती राईका ११ ठाउँमा छ । 

श्रीमती राईका नाममा गोकर्णेश्वर नगरपालिका वडा नं. ८ मा तीन आना जग्गामा बनेको अढाइतले घर छ। यस्तै मन्त्री तामाङसँग २२ तोला सुन र पाँच लाखको शेयर रहेको सम्पत्ति विवरणमा उल्लेख छ। सुन पुख्र्यौली र खरीद गरिएको दुवैथरि छ।

Skip This
Skip This
Logo