सरकारमा जाँदा राजसंस्था र हिन्दुराष्ट्रको एजेण्डा छोडेको छैन, छोड्ने पनि छैनः कमल थापा

सरकारमा जाँदा राजसंस्था र हिन्दुराष्ट्रको एजेण्डा छोडेको छैन, छोड्ने पनि छैनः कमल थापा

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारमा गएपनि राप्रपाले एक निमेष पनि राजसंस्था र हिन्दुराष्ट्रको एजेण्डा छोडेको छैन, छोडने छैन भनी स्पष्ट पारेका छन्। 

पटकपटक हामी सरकारमा गएको मतदातालाई चित्त बुझेन, त्यो प्रत्युत्पादक भयो, गल्ति भयो, अब गल्ति दोहरिने छैन, राप्रपा बारे अझै भ्रम रहेको पाईन्छ। त्यसैले दोहोर्याएर स्पष्ट पार्न चाहन्छु भनि अध्यक्ष थापाले  आत्मसमिक्षा पनि गरेका छन्। 

अध्यक्ष थापाले सामाजिक सञ्जालमा लेखेका छन्ः
'कतिपयमा राप्रपाबारे अझै भ्रम रहेको पाईन्छ। त्यसैले दोहोर्याएर स्पष्ट पार्न चाहन्छुः पटकपटक हामी सरकारमा गएको मतदातालाई चित्त बुझेन, त्यो प्रत्युत्पादक भयो, गल्ति भयो, अब गल्ति दोहरिने छैन । सरकारमा गए पनि राप्रपाले एक निमेष पनि राजसंस्था र हिन्दुराष्ट्रको एजेण्डा छोडेको छैन, छोडने छैन।'

Skip This
Skip This
Logo