बाढी प्रभावितको उद्दारमा जुट्न कार्यकर्तालाई कांग्रेस सभापतिको निर्देशन

बाढी प्रभावितको उद्दारमा जुट्न कार्यकर्तालाई कांग्रेस सभापतिको निर्देशन

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको इन्द्रावती र मेलम्चीमा आएको बाढीले प्रभावित नागरिकहरूको राहत र उद्दारमा लाग्न पार्टीका नेता कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्। 

सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘केही दिनदेखिको अविरल वर्षाका कारण सिन्धुपाल्चोक, मनाङलगयत देशका विभिन्न क्षेत्रमा क्षति हुन थालेको छ। कठिन अवस्थामा नेपाली कांग्रेसका नेता, कार्यकर्ताहरूलाई तत्काल आ–आफ्नो क्षेत्रमा उद्दार र राहातमा खटिन निर्देशन गर्दछु’

उनले सरकारलाई विपदमा परेका नागरिकलाई तत्काल उद्दार गरेर सुरक्षित स्थानमा सार्न र आवश्यक राहत प्याकेज घोषणा गर्न माग पनि गरेका छन्।

Skip This
Skip This
Logo