प्रतिनिधिसभा विघटनसम्बन्धी रिटः बहस आउँदैछन् यी वकिलहरू

प्रतिनिधिसभा विघटनसम्बन्धी रिटः बहस आउँदैछन् यी वकिलहरू


सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आजदेखि अन्तिम सुनुवाइ हुँदैछ। 

शेरबहादुर देउवासहित १४६ जना सांसदहरूले दायर गरेको रिटमाथि अदालतको संवैधानिक इजलासमा बहस हुने भएको हो। रिटमाथिको बहस नेपाल बार एसोसिएसनका पूर्वमहासचिव खम्बबहादुर खातीले सुरु गर्ने भएका छन्। 

करिब २० मिनेटको उनको बहसपछि भने गोविन्द बन्दी बहसमा आउने भएका छन्। बन्दीपछि भने वरिष्ठ अधिवक्ताहरू बद्रीबहादुर कार्की, महादेव यादव, शम्भु थापा, हरिहर दाहाल, कृष्णप्रसाद भण्डारी, रमण श्रेष्ठ र मुक्ति प्रधानले पालैपालो बहस गर्ने भएका छन्। 

निवेदकतर्फबाटै अधिवक्ताहरू टीकाराम भट्टराई, भीमार्जुन आचार्यलगायतले पनि बहस गर्ने भएका छन्।

३२ घण्टामा रिटमाथिको सुनुवाइ सक्ने सर्वोच्चको तयारी छ। रिट निवेदकहरूलाई १५ घण्टा बहस समय छ। सोहीअनुसार समय व्यवस्थापन गरेर निवेदकतर्फका कानून व्यवसायीहरूले बहस गर्ने भएका हुन्। तीन दिनमा बहस सक्ने उनीहरूको तयारी छ। 

प्रधानमन्त्री केपी ओलीको तर्फबाट भने महान्यायाधिवक्ता रमेश बडाल, नायव महान्यायाधिवक्ताहरू पदमप्रसाद पाण्डेय, विश्वराज कोइराला, टेकप्रसाद घिमिरे, श्यामप्रसाद भट्टराई र सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले बहस गर्ने भएका छन्।

यसरी निवदेनको पक्ष र विपक्षतर्फका कानून व्यवसायीहरूको बहसपछि भने चार जना एमिकस क्युरी (अदालतको सहयोगी) ले बहस गर्ने भएका छन्।

Logo