सर्वाेच्च अदालतको आदेशसँगै बर्खास्तमा परेका जनता समाजवादी पार्टी नेपालका ११ मन्त्री र अन्य नेताहरुसहितको कार्यकारिणी बैठक आज बस्ने भएकाे छ।
जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्षका नेता सर्वाेच्चको गत मंगलबारको फैसलापछि आज पहिलो पटक सामुहिकरुपमा भेटघाट र छलफलमा जुट्ने भएका हुन्।
जसपा स्रोतका अनुसार अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न उनीहरू आज दिउँसो १ बजे बबरमहलमा भेला हुने बुझिएको छ।
स्रोतले आजको छलफल समसामयिक राजनीतिक घटनाक्रमका विषयमा र सर्वाेच्चको फैसलाका बारे छलफल हुने बताए।
त्यसो त सर्वाेच्च अदालतले जसपाको ठाकुर पक्षबाट नेता उपप्रधानमन्त्रीसमेत रहेका राजेन्द्र महतोसहित केपी ओली नेतृृत्वको सरकारमा ९ मन्त्री र २ राज्यमन्त्रीको पद खाईदिएको थियो।
जसपाका मात्र होइन पुर्व माओवादी त्याग गरेर नेकपा एमाले बनेका नेतासहित एमालेका नेता तथा गृहमन्त्रीसमेत बनेका खगराज अधिकारीको समेत गरि २० जनाको पद गएको मंगलबार गुमेको थियो।
त्यसो त दोस्रोपटक संसद् विघटनछि कामचलाउ प्रधानमन्त्री बनेका ओलीले गरेको मन्त्रिपरिषद् पुनगर्नठन अवैधानिक ठहर सर्वाेच्च अदालतले गरेको हो।
ठाकुर पक्षले पार्टीको आधिकारिकता दावीका लागि निर्वाचन आयोगसमेत जाने भएको छ। बुधवार कानून व्यवसायीसँग छलफल गरेको ठाकुर पक्षले आयोग जानुअघि बैठक बोलाएका हुन् । जसपाका दुई अध्यक्षमध्ये उपेन्द्र यादव पक्षले अलग्गै बैठक राखेर ठाकुरमाथि कारवाही गरिसकेको छ ।
पार्टीको प्रथम अध्यक्ष र ०७७ पुस ७ गतेको बैठकले कार्यकारिणी समितिमा हेरफेर र निर्णय प्रमाणिकरणको अधिकार ठाकुरलाई दिएका कारण आयोगमा सोही आधारमा दावी प्रस्तुत गर्ने तयारी रहेको बुझिएको छ।





























प्रतिक्रिया