प्रधानमन्त्रीद्वारा मन्त्रीहरुलाई जिम्मेवारी बाँडफाँट, एउटैले पाए पाँच मन्त्रालय

प्रधानमन्त्रीद्वारा मन्त्रीहरुलाई जिम्मेवारी बाँडफाँट, एउटैले पाए पाँच मन्त्रालय

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्बोच्च अदालतको फैसला कार्यन्वयन गर्दै बाँकी रहेका पाँच मन्त्रीहरुलाई थप मन्त्रालयसहित जिम्मेवारी हेरफेर गरेका छन्। 

प्रधानमन्त्री ओलीले आफूलाई रक्षा र परराष्ट्र मन्त्रालय राखेर बाँकी अन्य तीन मन्त्रीहरुलाई पाँच/पाँच मन्त्रालय र एक जनालाई चार मन्त्रालयकाे जिम्मेबारी दिएका छन्।

ओलीले विष्णु पौडेललाई उपप्रधानसहित अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिञ्चाइ र गृह मन्त्रालयको जिम्मेवारी दिएका छन्।

बसन्तकुमार नेम्वाङलाई कृषि तथा पशुपन्छी विकास, खानेपानी, भौतिक पूर्वाधार, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिएका छन्।

त्यस्तै कृष्णगोपाल श्रेष्ठलाई वन तथा वातावरण, युवा तथा खेलकुद, शिक्षा, श्रम रोजगार र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका छन्।

यस्तै लीलानाथ श्रेष्ठलाई कानुन, न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिएका छन्।

Logo