एमालेको राष्ट्रिय परिषदमा बादल समूहले ५६० जनाको नाम पठायो, अनुमोदन १६ गते हुने

एमालेको राष्ट्रिय परिषदमा बादल समूहले ५६० जनाको नाम पठायो, अनुमोदन १६ गते हुने

केन्द्रबिन्दु
0
Shares

एमालेको राष्ट्रिय प्रतिनिधि परिषदमा पूर्वमाओवादीको रामबहादुर थापा ‘बादल’ समूहले ५६० जनाको नाम पठाएको छ।

शनिबार बादलको नेतृत्वमा बसेको पूर्वमाओवादी समूहका नेताहरूको बैठकले राष्ट्रिय प्रतिनिधि परिषदमा पठाउने ५६० जनाको नाम टुंगो लगाएको हो।

एमालेले आगामी बुधबार बालुवाटारमा बस्ने नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठकले राष्ट्रिय प्रतिनिधि परिषद् विस्तार गर्ने भएको छ। त्यसैको लागि बादलले एमालेमा आफ्नो दर्बिलो उपस्थिति जनाउन ५६० जनालाई टुंगो लगाएका हुन्।

असार १६ गते बस्ने दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकले परिषद्का लागि पठाएको सबै नामहरू टुंगो लगाउने बुझिएको छ।

राष्ट्रिय प्रतिनिधि परिषद् केन्द्रीय कमिटीको माताहतमा रहने संरचना हो। आइतबार बालुवाटारमा बसेको केपी ओली पक्षको स्थायी कमिटीको बैठकमा राष्ट्रिय प्रतिनिधि परिषदमा पूर्वमाओवादीका नेताहरूको नाम थप्नेबारे छलफल भएको स्रोतले बतायो ।

सर्वोच्च अदालतको फागुन २३ को फैसलापछि ओलीको नेतृत्वमा भएका एकलौटी निर्णयहरू खारेज हुनुपर्ने माधव नेपाल पक्षले माग गरिरहेकै बेला ओली पक्षले महाधिवेशन आयोजक कमिटीको बैठक राखेर विधानमा व्यवस्था गरिएअनुरुप राष्ट्रिय प्रतिनिधि परिषदमा पूर्वमाओवादीलाई थप गर्न लागेको हो।

Skip This
Skip This
Logo