माधव नेपाल देउवाको कार्यकर्ता र प्रचण्डको पुच्छर हुन्: प्रधानमन्त्री ओली

माधव नेपाल देउवाको कार्यकर्ता र प्रचण्डको पुच्छर हुन्: प्रधानमन्त्री ओली

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री ओलीले नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कार्यकर्ता र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको पुच्छर भएको टिप्पणी गरेका छन्। नेता नेपालले आफूले प्रधानमन्त्रीको प्रस्ताव गरेको भनी जनता माझ झुटको राजनीति गरेको दाबी प्रधानमन्त्री ओलीले गरे।

उनले भने, “प्रधानमन्त्रीको प्रस्ताव मैले माधव नेपाल भन्ने व्यक्तिलाई राखेँ अरे। माधव नेपालले आफंै भन्दै हिडेका छन् मलाई प्रधानमन्त्रीको प्रस्ताव राखे तर म मान्दिनँ। म शेरबहादुर देउवाप्रति यति सर्मपित छु । म देशलाई, पार्टीलाई, जनतालाई धोका दिन्छु। पार्टीलाई ध्वस्त पार्ने मैले कसम खाएको छु । शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने कसम खाएको छु । उनी शेरबहादुर देउवाको पार्टी नै ज्वाईन गर्न पनि सक्छन् । कार्यकर्ता भएर हिडेका छन् । प्रचण्डको पार्टी त उनलाई ज्वाईन गर्नु नै छ । त्यो त उनको गन्तव्य नै हो । मैले धेरै अगाडि भनेको थिएँ। माधव नेपाल भनेको प्रचण्डको एउटा मामुली कार्यकर्ता हुन् । तर धाक के लगाएर हिडेका छन् भने प्रधानमन्त्री केपी ओलीले मलाई प्रधानमन्त्रीको प्रस्ताव राखेका छन् । मलाई बहुलाहा कुकुरले टोकेको छ र? कोही काम नपाएर, कोही मान्छे नभेटाएर यस्ता मान्छेलाई प्रधानमन्त्रीको प्रस्ताव केपी ओलीले राख्ला?”

कहिले अध्यक्ष त कहिले प्रधानमन्त्रीको प्रस्ताव आएको छ भनी आफैं आफ्नो महत्व बढाएर नेता नेपालले झुटको राजनीति गरेको दाबी प्रधानमन्त्री ओलीले गरे। नेता नेपालले कम्युनिष्ट विचार धारा, सिद्धान्त र निष्ठा छोडेर नेकपाका अध्यक्ष दाहालको पुच्छर भएको दाबी प्रधानमन्त्री ओलीले गरे।

उनले पछिल्लो समय नेपाली राजनीतिमा नेता नेपालको चर्चा नाथुराम गोड्सेको रुपमा हुने गरेको टिप्पणी गरे। प्रधानमन्त्री ओलीले राजनीतिक दलका नेताहरुले आफ्ना कार्यकर्ताहरुलाई विचार बोक्न भई स्वार्थ बोक्न लगाउने गरेको टिप्पणी गरे।

उनले भने, “राजनीतिक कार्यकर्ताहरुलाई कार्यकर्ताबाट जनमा परिणत गरिदिने । कार्यकर्ताहरुलाई विचार बोक्न लगाउने होइन स्वार्थ बोक्न लगाउने । स्वार्थको वितरण गर्ने । विचारको सम्प्रेषण होइन । स्वार्थको वितरण । र झुट र वेइमानीको सहारा लिने । केही मान्छेहरु अहिले हामीले देखिराखेका छौं । विचार हरायो । उद्देश्य हराए । देशलाई कहाँ पुराउने हो त्यो कुरो र्विसिए । सम्मृद्ध नेपाल सुखी नेपाली उहाँहरु उच्चारण पनि गर्नुहुन्न । जनताको ध्यान त्यतातिर जान्छ, कार्यकर्ताको ध्यान त्यता जान्छ । त्यसपछि व्यक्तिगत स्वार्थ, अंहकारहरु, महत्वकांक्षाहरु र कुण्ठाहरुको व्यापार चल्दैन।”

Skip This
Skip This
Logo