अध्यागमन प्रशासनलाई अन्तर्राष्ट्रियस्तरको बनाउन गृहमन्त्री पौडेलको सुझाव

अध्यागमन प्रशासनलाई अन्तर्राष्ट्रियस्तरको बनाउन गृहमन्त्री पौडेलको सुझाव

केन्द्रबिन्दु
0
Shares

गृहमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको अध्यागमन प्रशासनलाई अन्तर्राष्ट्रियस्तरको बनाउनुपर्ने बताएका छन्।

सोमबार अध्यागमन विभागले गरेको प्रणाली सिर्जित क्यू.आर. कोडसहित छपाई गरिएको भिसाको शुभारम्भ कार्यक्रममा बोल्दै गृहमन्त्री पौडेलले नेपालको अध्यागमनलाई सुधार गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले विदेशीको पहिलो आँखा अध्यागमनमै पर्ने उल्लेख गर्दै अध्यागमनको सुधार गर्नुपर्नेमा जोड दिए। अध्यागमन प्रशासनलाई अन्तर्राष्ट्रियस्तरको बनाउनको निम्ति कामको योजना बनाएर अघि बढ्नु पर्ने पनि उनले बताए। 

मन्त्री पौडेलले अध्यागमन प्रणालीलाई प्रभावकारी बनाउनका लागि र यसको प्रतिष्ठालाई माथि उठाउनको निम्ति प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशनसमेत दिए। अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले क्यू.आर. कोडसहितको नेपाली कोडबाट सिधै छपाइ रहने भिसा प्रणालीको सुरुवात् गरिएको बताए। यसबाट विदेशी नागरिकहरुले विश्वको जुन कुनै ठाउँबाट पनि भिसाको लागि आवेदन दिन सक्ने बताए। 

विदेशी नागरिकले विवरण नेपाली पोर्टमा राखिसकेपछि भिसामा चाहिने विवरण कन्भर्ट भएर भिसा स्टिकर छपाइ हुने र नयाँ भिसा स्टिकरमा प्रयोग भएको क्यू.आर. कोडले यात्रा गर्ने मानिसको गोप्य सूचनाहरु स्टोर गर्ने भएको हुनाले विश्वसनीय, भरपर्दो र अन्तर्राष्ट्रिय स्तरमा तुलनायोग्य रहेको विभागका महानिर्देशक भट्टराईले बताए। 

अन्तर्राष्ट्रियरुपमा भुक्तानी प्रणाली सुचारु नभएकाले तत्कालै विद्युतिय भिसा जारी गर्न नसकेपनि इन्टरनेशनल पेमेन्ट गेटवे सञ्चालन हुने वित्तिकै विद्युतिय भिसा जारी गर्न सकिने उनको भनाइ छ। विदेशीले नेपाली पोर्ट लग इन गरी भिसा एप्लाइ गर्न सक्ने तथा क्रेडिट कार्ड स्वाव गरेर पैसा तिर्न सकिने पनि उनले जानकारी दिए। 

त्यसरी तिरेको पैसा महालेखा नियन्त्रकको कार्यालयले तोकेको खातामा जम्मा हुने पनि उनले जानकारी दिए। यसरी एप्लाई गरेको व्यक्तिलाई अध्यागमन विभागले यहीँबाट हेरेर भिसा स्वीकृत÷अस्वीकृत गर्न सक्ने र स्वीकृत भएको खण्डमा विभागले जारी गरेको इलेक्ट्रोनिक ट्राभल अथोराइजेशन बोकेर नेपाल आउनसक्ने महानिर्देशक भट्टराईले बताए। यात्रुको इलेक्ट्रोनिक ट्राभल अथोराइजेशन हेरेर नेपालको प्रवेश विन्दुमा नेपालको भिसा स्टिकर उपलब्ध गराउन सकिने पनि विभागका महानिर्देशक भट्टराईले बताए।

अध्यागमन विभागको यो सेवाबाट पर्यटकहरुले नेपालमा सहजरुपमा भिसा प्राप्त गर्न सक्ने र पर्यटन क्षेत्रको समेत विकास हुने महानिर्देशक भट्टराईको भनाई छ।

Skip This
Skip This
Logo