नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज पनि बस्दैछ। शुक्रबारदेखि जारी बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएकाे हाे।
पार्टी एकताका लागि भन्दै संस्थापन पक्षले २०७५ जेठ २ कै संरचनाअनुसार केन्द्रीय कमिटीको १३ औं बैठक आयोजना गरिएको भनिए पनि एमालेको असन्तुष्ट पक्ष माधव नेपाल-झलनाथ खनाल पक्षले बहिष्कार गरेको छ ।
संस्थापन पक्षले केन्द्रीय कमिटीमा रुपान्तरण गरेर बोलाएको बैठकको पहिलो दिन शुक्रबारको बैठकमा एमाले उपाध्यक्षको हैसियतमा नेता वामदेव गौतम पनि सहभागी भएका छन् ।
बैठकले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने २३ जना पार्टी सांसदलाई सोमबार बेलुकी ५ बजेसम्म हस्ताक्षर फिर्ता लिन संस्थापन पक्षले डेडलाइन नै तोकेको छ। तर, नेपाल-खनाल पक्षका सांसदहरूले अवैधानिक रुपमा बसेको बैठकले गरेको निर्देशनको औचित्य नरहेको प्रतिक्रिया दिएका छन् ।





























प्रतिक्रिया