काठमाडौं । साझा पार्टीले सहप्रवक्ता शरदराज पाठकलाई प्रवक्तामा नियुक्त गरेको छ । शनिबार साझा पार्टीले सहप्रवक्ता पाठकलाई प्रवक्तामा नियुक्त गरेको हो । उनी विगत ६ महिनादेखि सहप्रवक्ताको भूमिका निर्वाह गर्दै आएका थिए । साथै उनी केन्द्रीय सदस्य समेत रहेका छन् ।
त्यस्तै गत संघीय निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट पार्टीका उम्मेदवार समेत थिए । ग्रामीण विकासमा स्नातकोत्तर गरेका पाठकले साझा पार्टीमा सक्रिय हुनअघि विभिन्न सञ्चारमाध्यममा काम गरेका थिए । उनले अष्ट्रेलियामा रहँदा अष्ट्रेलियाको नेपालीपत्र साप्ताहिकको संस्थापक सम्पादक भएर काम गरेका थिए भने त्यसअघि उनी नेपालमा कालिका एफएम तथा रेडियो अन्नपूर्णको समाचार प्रमुख र कान्तिपुर एफएमको सम्पादकीय टोलीका सदस्य समेत रहेका थिए । डा. सूर्यराज आचार्यले पार्टी परित्याग गरेपछि साझा पार्टीमा प्रवक्ता पद रिक्त रहेको थियो ।





























प्रतिक्रिया