अध्यक्ष ओली र नेता नेपालको रिस शान्त नभएसम्म पार्टी एकता हुँदैन: बामदेव गौतम

अध्यक्ष ओली र नेता नेपालको रिस शान्त नभएसम्म पार्टी एकता हुँदैन: बामदेव गौतम

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालको रिस शान्त नभएसम्म पार्टी एकता सम्भव नहुने बताएका छन्।

राष्ट्रियसभाको बैठकपछि संघीय संसदभवन नयाँ वानेश्वरमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल एक आपसमा रिसाएको र सो रिस शान्त नभएसम्म दोश्रो तहका नेताको प्रयास पनि सार्थक नहुने बताएका हुन्। 

आफू भने पार्टी एकता गर्नु पर्छ भनेर अध्यक्ष ओलीतिर लागेको र त्यसका लागि दुवै नेताको रिस शिथिल पार्ने प्रयासमा जुटेको बताए। उनले सर्वोच्च अदालतको फैसलापछि पार्टी एकता हुने ठोकुवा गरे।

यस्तो अवस्थामा एकता सम्भव छ त भन्ने सञ्चारकर्मीको जिज्ञासामा नेता गौतमले सम्भव भएको तर त्यो सर्वोच्चको आदेशपछि हुने बताए। उनले भने, “एकता सम्भव छ तर अहिले नै सम्भव नहोला। सर्वोच्चको निर्णय आएपछि एकता सम्भव होला भन्ने लागेको छ।”

Logo