काँग्रेसका पूर्वकोषाध्यक्ष प्रसाईँको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

काँग्रेसका पूर्वकोषाध्यक्ष प्रसाईँको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पूर्वकोषाध्यक्ष रामबाबु प्रसाईँ (खनुपरूदे) को निधनप्रति दुःख व्यक्त गरेका छन् । समाजसेवी प्रसाईँको शुक्रबार काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

सभापति देउवाले शोक विज्ञप्तिमार्फत अग्रज समाजसेवी र सत्यवादी नेताका रुपमा आफ्नो बेग्लै पहिचान बनाउनुभएका पूर्वकोषाध्यक्ष प्रसाईँको निधनको खबरले आफूलाई दुःखित बनाएको उल्लेख गरेका छन् । सभापति देउवाले उहाँमा श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

प्रसाईँ सन्त नेता कृष्णप्रसाद भट्टराईको सभापतित्वकालमा पार्टीको कोषाध्यक्ष थिए । विसं १९७८ माघ १५ मा जन्मिएका प्रसाईँले नेपालका लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थिए।

Logo