नेकपा एमालेभित्रको विवाद समाधान गर्नका लागि गठन भएको कार्यदलको आजको बैठक सुरु भएको छ। बैठक सिंहदरबारस्थित अर्थ मन्त्रालयमा सुरु भएको हो।
आजको बैठक निर्णायक हुने नेताहरुले बताएका छन्।
बुधबार राति एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच वान टु वान भेटवार्ता भएपछि बिहीबार बसेको बैठकलाई निर्णायक मानिएको थियो। तर बैठक बिहान केहीबेर बसेर स्थगित भयो । साँझ पुनः बस्ने भनिए पनि सो बैठक पनि बस्न सकेन।
आजको बैठक ब्युँतिएको कार्यदलको पाँचौं बैठक हो। गएको सोमबारदेखि दश सदस्य कार्यदल नियमित बैठकमा छ। वार्ता सकारात्मक दिशामा अघि बढेको नेताहरुले बताइरहेका भए पनि हालसम्म सोचे जस्तो नतिजा आएको छैन।































प्रतिक्रिया