नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालकाे उपचार खर्च सरकारले गर्ने विषयमा पूर्वस्वास्थ्यमन्त्री तथा कांग्रेसका नेता गगन थापाले आपत्ति जनाएका छन् ।
उनले आफ्नो मन्त्री कार्यकालमा कार्यविधि बनाएर रोक्ने प्रयास गरेका र मन्त्रालयबाट एक जनाको पनि सिफारिस नगर्दा समेत प्रधानमन्त्रीकाे ठाडो प्रस्तावमा राज्यकोषबाट उपचार खर्च दिने काम नरोकिएकाे खुलासा समेत गरे ।
त्यसपछि कानुन नबनेसम्म यस्तो काम बन्द हुँदैन भनेर २०७४ सालमा बनेकाे जनस्वास्थ्य विधेयकमा ''प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सोको लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन"भन्ने संशोधन प्रस्ताव आफूले राखेर स्वीकृत भइसकेकाे स्पष्ट पारे ।
उक्त संशोधन संसदले स्वीकार्दै बनेको कानून २०७५/६/२ गतेदेखि लागू भइसकेकाेले कुनै पनि व्यक्तिलाई सरकारको ढुकुटीबाट विदेशमा उपचार गरेको १ रुपैयाँ पनि तिर्न मिल्दैन भन्दै थापाले प्रधानमन्त्रीलाई प्रश्न गरेका छन्- 'प्रधानमन्त्रीज्यू अब भन्नुस् पूर्वप्रमको खर्च व्यहोर्ने निर्णय कुन कानुनमा टेकेर गर्नुभयो ?'





























प्रतिक्रिया