देउवाको नेतृत्वमा सरकार बनाउने विपक्षी गठबन्धनको निर्णय

देउवाको नेतृत्वमा सरकार बनाउने विपक्षी गठबन्धनको निर्णय

केन्द्रबिन्दु
0
Shares

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि बसेको विपक्षी गठबन्धनको बैठक कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउने निर्णय गर्दै सम्पन्न भएको छ।

बैठकले सर्वोच्चको आदेशअनुसार भोलि नै गठबन्धन सरकार बनाउने निर्णय गरेको हो। सर्वोच्च अदालतले भोलि साँझ ५ बजेसम्म देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिएको थियो।

यस्तै भोलिनै सानो आकारको मन्त्रिमण्डल बनाउने निर्णय पनि गठबन्धनले गरेको छ।

बैठकमा देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पुर्णबहादुर खड्का, कृष्ण प्रसाद सिटौला , बालकृष्ण खाँड सहभागी थिए।

माओवादी केन्द्रका तर्फबाट अध्यक्ष प्रचण्ड, पूर्व सभामुख कृष्णबहादुर महरा, बर्षमान पुन, नारायण काजी श्रेष्ठ, देव गुरुङ सहभागी भएका थिए भने जसपाबाट अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, महेन्द्र राय यादव र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल सहभागी थिए।

Skip This
Skip This
Logo