अनेरास्ववियु लेटाङद्वारा सर्वोच्चको फैसलाको विरोध

अनेरास्ववियु लेटाङद्वारा सर्वोच्चको फैसलाको विरोध

केन्द्रबिन्दु
0
Shares

अनेरास्ववियु लेटाङ नगर र युवा संघ लेटाङले सर्वोच्चको २८ असारको फैसलाको विरोध गरेको छ।

अनेरास्ववियु लेटाङ र युवा संघ लेटाङ नगरले सर्वोच्चको फैसलाको विरोध गर्दै लेटाङ बजार परिक्रमासमेत गरेको छ।

अदालतको राजनीतिक हस्तक्षेप तथा निर्दलीयताको व्याख्या, शक्तिपृथकीकरणको मूल सिद्धान्त तथा संसदीय अभ्यास अदालत आफैंले लिने परिपाटी अन्त्य गरौं भन्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नु असंवैधानिक रहेको उनीहरुको ठहर छ।

कोणसभालाई सम्बोधन गर्दै युवा नेता रुपेश खड्काले सर्वोच्चले सांसदको अधिकार खोसेको आरोप लगाए। उनले भनेका छन्, ‘नेपालमा मात्रै यस्तो अभ्यास भयो, जहाँ सर्वोच्चले नयाँ प्रधानमन्त्री नियुक्त गर्यो, यसको प्रतिवाद गरौं।’

२८ असारको सर्वोच्चको फैसलाले कांग्रेस सभापति देउवा मुलुकको ४२ औं प्रधानमन्त्री बनेका छन्। फैसलालाई एमालेले स्वीकार गरेपनि अदालत प्रति एमाले रुष्ट छ।

Skip This
Skip This
Logo