माधव नेपाललाई पार्टी एकता जोगाउन चर्को दबाब

माधव नेपाललाई पार्टी एकता जोगाउन चर्को दबाब

केन्द्रबिन्दु
0
Shares

नेकपा एमाले जुट्ने वा फुट्ने त्यसको निर्णायक चाबी अब नेकपा एमाले वरिष्ठ नेता माधव नेपालको हातमा छ।

पार्टीलाई फुटाउने वा जुटाउने हात नेपालकै रहने हुँदा उनी दबाबमा गरेका हुन्। ब्युँतिएको कार्यदलका सदस्य नेकपा एमालेका उपमहासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्बाङले दशबुँदे सहमतिको प्रतिवेदन नेता नेपालको हातमा बुझाएपछि माधव नेपाल थप दबाबमा परेका छन्। कार्यदलले असार २७ गते साँझ उक्त सहमति गरेको थियो।

कार्यदल सदस्य नेम्बाङ र पौडेलले वरिष्ठ नेता माधव नेपाललाई उनकै निवासमा पुगेर प्रतिवेदन बुझाएका हुन्। यसअघि कार्यदलका अर्का सदस्य माधव नेपाल पक्षका नेता भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई असार २८ गते प्रतिवेदन बुझाएका थिए। 

नेम्बाङले कार्यदलको प्रस्तावलाई कार्यान्वयन गर्दै पार्टीलाई मिलाएर लैजान नेपालले सुझाव दिएका थिए। नेम्बाङले दुई नेता भेटेर कुराकानी गर्नसमेत सुझाएका छन्। ‘तपाईंहरू भेट्नुस् आपसमा छलफल गर्नुहोस्, अध्यक्षसँग आफ्ना कुरा राख्नुहोस्। विवाद हुँदा यो ठाउँसम्म आइपुगियो, अब धेरै विवाद नगर्नुस्,’ नेम्वाङले भनेका थिए।

तर, वरिष्ठ नेता माधव नेपालले भने अहिलेसम्म पनि ‘ग्रीन सिग्नल’ दिएका छैनन्। नेपालले ‘ग्रीन सिग्नल’ नदिएको उनीनिकट एमाले स्थायी कमिटी सदस्य रघुजी पन्तको भनाइबाट प्रष्ट हुन्छ।

माधव पक्षले अहिले पनि विपक्षी गठबन्धनको साथ नछाडेको पन्तले बताएका थिए। ‘कसले भन्यो हामीले विपक्षी गठबन्धनको साथ छाड्यौं भनेर?’ पन्तले केन्द्रबिन्दुसँग भनेका छन्।

‘राजनीतिक स्थिरताका लागि एमालेले देउवालाई विश्वासको मत पनि दिन सक्छ, विश्वासको मत लिन अझै एक महिना बाँकी छ। अर्को कुरा बाहिर बसेर रचनात्मक भूमिका निर्वाह गर्न सक्छ एमालेले, तर यी सबै कुरा पार्टीमा छलफल गरेर मात्रै गर्छौं’, नेपालले सोमबार भनेका थिए।

यसको मतलव पार्टी एक हुनुपर्छ भन्न पनि नछाड्ने र विपक्षीलाई पनि सहयोग गर्ने मनशाय नेता नेपालको हुन सक्छ।

माधव नेपाल विपक्षी गठबन्धनसँगै रहिरहेका बेला केपी ओलीले माधव नेपालसँग सहमति गर्लान्?, कार्यदलले तयार पारेको दशबुँदे सहमति प्रतिवेदन कार्यान्वयनमा लैजालान्? भन्ने प्रश्न जन्मिएको छ।

यता, एमाले माधव नेपाल पक्षका नेता केन्द्रीय कमिटी सदस्य सोम पाण्डे भने माधव नेपाललाई दबाब नभएका बताउँछन्।

माधव नेपालको मनशाय पार्टी एकीकृत बनाउने यसअघि देखिकै चाहना रहेको भए पनि  राजनीतिक परिघटनाले आफ्नै सरकार ढलेको बताए। माधव नेपाल पार्टी एकताका लागि सहमत नभएको भए दशबुँदे सहमति नहुने पाण्डेको भनाइ छ।

भीम रावल र घनश्याम भुसाल चारपटक माधव नेपाललाई भेटेर मात्रै दशबुँदे सहमतिको टुंगो लागेको भन्दै पाण्डेले थपे, ‘उहाँ(माधव नेपाल)ले चाहनुभएको थिएन भने कार्यदललाई त्यो काम गर्न दिनुहुन्थ्यो होला र? चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला बसेको दिन नयाँ शिराबाट जाने भनेर घोषणा गरिहाल्नु हुन्थ्यो नि, तर माधव नेपालले होइन भन्नुभयो।’ 

एमालेमा अबको जटिलता पार्टीलाई एक बनाउने नै रहेको छ। दुवै पक्षले आ–आफ्नो अडान कायम राखे पुनः एकता भाँडिने देखिन्छ।

माधव नेपालले एमालेसहित विपक्षी गठबन्धन रोजे पनि एकता भाडिने देखिन्छ। ओली र नेपालले आफ्नो अडान छाडे मात्र पार्टी एकता हुने सम्भावना देखिन्छ।

Skip This
Skip This
Logo