कर्मचारीलाई अर्थमन्त्री शर्माको आग्रह – ‘काम छाडेर चाकडीमा नआउनु’

कर्मचारीलाई अर्थमन्त्री शर्माको आग्रह – ‘काम छाडेर चाकडीमा नआउनु’

केन्द्रबिन्दु
0
Shares

नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले कर्मचारीहरुलाई काम छाडेर चाकडी गर्न नआउन आग्रह गरेका छन्।

अर्थ मन्त्रालयमा पदभार ग्रहणपछि कर्मचारीहरुसँगको परिचयात्मक कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले आफु राष्ट्रको लागि केही गर्ने उद्देश्य साथ आएको बताए। 

मन्त्रालयमा मन्त्री र कर्मचारीसँग कदममा कदम मिलाएर हिड्ने मन्त्री शर्माले प्रतिवद्धतासमेत जनाएका छन्।

मन्त्री र कर्मचारीबीच कुनै दुरी नचाहेको भन्दै मन्त्री शर्माले चाकडी र चाकडीको भाषा प्रयोग गरेर उपस्थित नहुन आग्रह गरेका हुन्। मन्त्रालयमा काम, समस्या र समस्या समाधानका मात्र कुरा हुने भएकाले सबै मिलेर दाजुभाइ जस्तो भएर काम गर्न उनको आग्रह छ। 
 

Skip This
Skip This
Logo