नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आफ्नो राजनीतिक भेटघाटलाई आज पनि निरन्तरता दिएका छन्।
यस अघि प्रचण्ड र माधव नेपालसँग भेटेका विप्लवले आज बिहान जनता समाजवादी पार्टीका संघिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेटवार्ता गरेका छन्।
भूमिगत जीवनबाट खुल्ला भएपछि महासचिव विप्लवले आज पहिलोपटक बाबुरामलाई भेट गरेका हुन्। आजको भेटमा उनले संसदीय व्यवस्थाको विकल्प जनमतसंग्रहबाट व्यवस्थाको टुंगो लगाउनुपर्नेमा जोड दिएका बुझिएको छ।
विप्लव आज बिहान नेता धर्मेन्द्र बास्तोलालाई लिएर भट्टराई निवास पुगेका थिए।





























प्रतिक्रिया