संसदीय दलमा ओलीले भने-माधव नेपालको अपराध क्षम्य छैन

संसदीय दलमा ओलीले भने-माधव नेपालको अपराध क्षम्य छैन

केन्द्रबिन्दु
0
Shares

एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपालको अपराध क्षम्य नभएको बताएका छन्।

संसदीय दलको बैठकमा बोल्दै ओलीले प्रतिपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन आफूसहित २३ सांसदलाई हस्ताक्षर गराएर आफ्नै पार्टीको सरकार ढाल्ने अपराध नेपालले गरेको आरोप लगाए। ‘नेपालको यो अपराध कदापि क्षमायोग्य छैन,’ ओलीको भनाइ उद्घृत गर्दै एमाले सांसद शान्ति लामा पाख्रिनले भनिन्।

‘यिनीहरु जस्केलाबाट आएका हुन्, पार्टी फुटाउन सक्छन्। देउवाले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर पार्टी फूटाउन मद्दत गर्न सक्छन्,’ओलीले बैठकमा भनेका थिए। 

त्यस्तै, ओलीले देउवा सरकारले मन्त्रिमण्डल विस्तार गर्न नसकिरहेको बताए। गठबन्धनले आफ्नो कुनै विषयमा सैद्धान्तिक र राजनीतिक पुष्ट्याइ गर्न नसकेर आर्थिक चलखेलले मन्त्री पद बाँडिनसक्ने ओलीको भनाइ छ। 

ओलीले आफूहरुले ल्याएको खोपबारे भ्रम फिजाउन थालिसकेको आरोप लगाएका थिए। ओलीले बालुवाटार जग्गा प्रकरणमा मुद्दा परेका कांग्रेस उपसभापति विजयकुमार गच्छदारको रिहाइप्रति पनि आपत्ति जनाएका तामाङले बताइन्।

संसदीय दलको बैठकमा माधव नेपाल पक्षका सांसद भने उपस्थित रहेनन्। ओलीले बैठकमा आफ्नो नेतृत्वको सरकारले ४१ महिनामा गरेको कामको फेहरिस्तसमेत पस्केका थिए।

४१ महिनामा सरकार ढाल्न भएका प्रयासदेखि अब कसरी अघि बढ्नेलगायत विषयमा ओलीले धारणा राखेका थिए।

Logo