महन्थ ठाकुर पक्षले पनि देउवालाई विश्वासको मत दिने

महन्थ ठाकुर पक्षले पनि देउवालाई विश्वासको मत दिने

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टी (जसपा) को अध्यक्ष महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवा सरकारलाई विश्वासको मत दिने भएका छन्।

ठाकुरपक्षीय सांसद चन्दा चौधरीले केन्द्रविन्दुसँग संक्षिप्त कुराकानी गर्दै विश्वासको मत दिने निर्णय भएको बताइन्।

कांग्रेस सभापतिसमेत रहेका देउवाले पुनःस्थापित संसदको आजको दोस्रो बैठकमा विश्वासको मत लिने कार्यसूची छ।

देउवालाई ठाकुर पक्षले पनि विश्वासको मत दिएको अवस्थामा एमालेको माधवकुमार नेपाल पक्ष आवश्यक नहुने भएको छ। यद्यपि, नेपाल पक्षका अधिकाँश सांसदले पनि विश्वासको मत दिने भएका छन्। 

Skip This
Skip This
Logo