निर्वाचन आयोगमा जसपाको विवाद हेर्दा हेर्दैमा

निर्वाचन आयोगमा जसपाको विवाद हेर्दा हेर्दैमा

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टी नेपालको आन्तरिक विवादबारे इजलासको सुनुवाई हेर्दाहेर्दैमा सकिएको छ। 

आइतवार बिहान ११ बजेदेखि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा सुरु भएको इजलास सक्कली प्रमाण झिकेपछि मात्रै अन्य कुरा अघि बढ्ने सहमतिमा सकिएको हो।

जवाफ प्रस्तुत गर्ने क्रममा बेन्चबाट अवरोध भएको र सक्कली प्रमाण झिकेपछि मात्रै अन्य कुरा अघि बढ्ने जसपाका नेता केशव झाले बताए।

इजलासमा निवेदक पक्षको कानून व्यवसायी र जवाफ प्रस्तुतकर्ता पक्षले २ घण्टासम्म आ आफ्ना तर्क राखेका थिए।

इजलासमा पुनर्गठित कमिटीले विधिसम्मत तरिकाबाट निर्वाचन आयोगमा दर्ता भएको छ, यसै आधारमा प्रक्रिया अघि बढ्छ भनेको छ, नेता झाले भने, पुरानो कमिटीले हेडकाउण्टको माग राखेको छ।

यस विषयमा निर्वाचन आयोगको इजलासले सक्कली प्रमाण झिकाएर दुवै पक्षलाई खबर गरेपछि मात्रै पुनः बहस शुरु हुने र निष्कर्षमा पुग्ने नेता झाको भनाइ छ।

जसपाको महन्थ ठाकुर पक्ष र उपेन्द्र यादव पक्ष दुवैले आधिकारिकता दाबी गरेका छन्। 

Skip This
Skip This
Logo