नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसद सम्मिलित बैठक आज बस्दैछ।
बैठक दिउँसो ४ बजे बस्ने भएको सांसद भवानीप्रसाद खापुङले केन्द्रविन्दुलाई जानकारी दिए।
बैठक कहाँ बस्ने भन्ने चाहिँ टुङ्गो लाग्न बाँकी रहेको उनको भनाइ छ।
यी सबै सांसदहरूलाई सोमबार बसेको एमालेको १० औं केन्द्रीय कमिटी बैठकले स्पष्टीकरण लिने निर्णय गरेको थियो।
तर, स्पष्टीकरण भने पठाउन बाँकी रहेको सांसदसमेत रहेका एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बताए।































प्रतिक्रिया