पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले सर्वोच्चको फैसलाअनुसार विपक्षी दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुलाई ‘प्रतिगमन’ भएको टिप्पणी गरेका छन्।
धेरै गम्भीर अवस्थामा प्रतिगमन गइसकेकोले सच्याउन सजिलो नभएको र देश पनि अप्ठ्यारो स्थितिमा पुगेको बताए।
यस्तो अवस्थामा पार्टीको पक्षमा उभिँदै पार्टी विरोधी चक्रब्यूहबाट बाहिर निक्लिन कार्यकर्ताहरूलाई आग्रह गरे।
अखिल नेपाल महिला (अनेम) संघको बैठकलाई भर्चुअल माध्यमबाट आइतबार सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपाल पक्षबाट गएको गतिविधिलाई अपराधको रूपमा लिँदै इतिहासले त्यस्ता खालका अपराधलाई नस्वीकार्ने बताए।
उनले सरकार ढाल्ने, पार्टी फुटाउन खोज्नेदेखि प्रतिक्रियावादीहरूसँग साँठगाँठ गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएर लोकतन्त्रविरोधी, राष्ट्रियताविरोधी र देशविरुद्धको अपराध नेपालले गरेको पनि बताए।































प्रतिक्रिया