नेपाली कांग्रेसको क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा विभिन्न जिल्लाका नेता, कार्यकर्ताहरुले आमरण अनसनलाई जारी राखेका छन्।
कांग्रेसको क्रियाशील सदस्यता वितरणमा केन्द्रीय छानविन समितिले आफ्नो ढंगले मनोमानी गरेको भन्दै प्रदेश नं.२ का विभिन्न जिल्लाका नेता, कार्यकर्ताहरुले पार्टी केन्द्रीय कार्यालय सानेपामा आमरण अनशन तथा धर्ना कार्यक्रम गरिरहेका छन् ।
क्रियाशील सदस्यता वितरणमा धाँधली गरिएको तथा पार्टीको विधान, नियमावली र केन्द्रीय परिपत्र विपरित नयाँ क्रियाशील सदस्यता वितरण गरिएको विरोधमा कांग्रेस धनुषा जिल्ला समितिले गरेको आमरण अनसन आइतबार ८ औं दिनमा पुगेको छ । धनुषा निर्वाचन क्षेत्र नं.१ का महासमिति सदस्य रामपल्टन साह नेपाली कांग्रेस धनुषाको प्रारम्भिक छानविन समितिको निर्णयलाई केन्द्रीय छानविन समितिले कुनै वास्ता नगरी क्रियाशील सदस्यताको आफ्नो ढंगले छानविन गरेको र प्रक्रिया मिचेर क्रियाशील सदस्यता दिएको विरोधमा आमरण अनसन बसिरहेको बताउँछन्। क्षेत्रिय सभापतिहरुले विधान, नियमावली, केन्द्रीय परिपत्र विपरित विधि, पद्धती मिचेर क्रियाशील सदस्यता वितरण गरेका कारण अनसन बस्न बाध्य भएको उनले बताए।
नेपाली कांग्रेसका नेताद्धय रामशरण महत र प्रकाशशरण महत वार्ता गर्न आएपनि कुनै ठोस निर्णय दिन नसकेको उनले बताए। आफूहरुको माग पुरा नभएसम्म सत्याग्रह जारी राख्ने साहले बताए।
त्यसैगरि, नेपाली कांग्रेस बाराका निर्वाचन क्षेत्र नं. १,२, ३ र ४ का नेता कार्यकर्ताहरु पनि पार्टी केन्द्रीय कार्यालय सानेपामा चार दिनदेखि धर्नामा बसिरहेका छन् । बारा जिल्लाका कार्यकर्ताहरुलाई १४ औँ महाधिवेशनमा वञ्चित गर्नेगरी बाराबाट पठाइएको नयाँ र पुरानो क्रियाशील सदस्यताको विवरण नहेरीकन केन्द्रबाट सोझै १३ वटा वडाको क्रियाशील सदस्य प्रवेश इन्ट्री गरिएकाले धर्ना बस्नुपरेको नेपाली कांग्रेस बाराका सभापति जयचन्द चौरसियाले बताए। नेपाली कांग्रेसको विधान र निर्देशिकाभित्रको समावेशितालाई सदस्यता वितरणमा पनि ध्यान पुर्याउनु पर्ने उनले बताए।
केन्द्रीय छानविन समितिको हैकमवादी र मनोमानी सोचले बाराका दलित, पिछडिएका वर्ग, आदिवासी, मुस्लिमहरुलाई सक्रिय सदस्यताबाट वञ्चित गर्न खोजिएको उनले बताए। माग पुरा नभएसम्म आन्दोलन जारी रहने चौरसियाले बताए।































प्रतिक्रिया