डिल्लीबजार कारागारमा रहेका रेशम चौधरी ‘हेडकाउन्ट’का लागि निर्वाचन आयोग पुगेका छन्।उनी डिल्लीबजार कारागारबाट सनाखत गर्न निर्वाचन आयोग पुगेका हुन्। उनी जनता समाजवादी पार्टी (जसपा)का कार्यकारिणी सदस्य हुन्।
रेशम उपस्थिति हुने भएपछि जसपा दुवै पक्ष उनलाई स्वागत गर्न आयोगको गेटमा बसिरहेका थिए। सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै रेशमले जसपाका मुद्दामा कसले कति कुरा गर्नुभएको छ भन्ने जानकारी लिएर मात्र सनाखत गर्ने बताए।
उनी सुरुमा उपेन्द्र यादव पक्षको कार्यकक्षमा प्रवेश गरे। त्यसपछि उनी महन्थ ठाकुरलाई भेट्न ठाकुर पक्षको कार्यकक्षमा प्रवेश गरेका छन्। त्यसो त हालसम्म ठाकुर पक्षमा १६ जनाले र यादव पक्षमा ३४ जनाले सनाखत गरिसकेका छन्।
चौधरीले जता सनाखत गरे पनि यादवले पार्टीको आधिकारिकता पाउने देखिएको छ।सञ्चारकर्मीले तपाई कता सनाखत गर्नुहुन्छ भनी सोध्दा सुरुमा नेताहरूसँग भेट्ने जवाफ दिएका थिए।
गेटमा स्वागत गर्न बसेकी बाबुराम पत्नी हिसिला यमीले तपाईंको नेता को हो? भनेर सोधेकी थिइन्।
त्यसो त उपेन्द्र यादवले भने चौधरी आफूसँग रहने बताएका छन्। यता, रेशम चौधरीकी पत्नी चन्दा चौधरी भने महन्थ ठाुकर पक्षमा रहेकी छिन्।































प्रतिक्रिया