जसपा सांसद ढेंगामरले श्रीमानले नै बेपत्ता पारेको भनेपछि…

जसपा सांसद ढेंगामरले श्रीमानले नै बेपत्ता पारेको भनेपछि…

केन्द्रबिन्दु
0
Shares

लुम्बिनी प्रदेशसभामा सरकार पक्ष र विपक्षी गठबन्धनको संख्या बराबर भएका बेला विपक्षी गठबन्धनकी एक सांसद वेपत्ता भएपछि यहाँको सत्ता राजनीतिले पुनः चर्चामा पाएको छ। 

पाल्पाबाट समानुपातिक सांसद बनेकी जसपा नेतृ पुर्मती ढेंगामगर बेपत्ता भएको दुई दिन भएको छ।

आफ्नो सांसद बेपत्ता पारिएको भन्दै पार्टीले प्रहरीलाई खोजी मागसमेत गरेको छ।
तर, सांसद पुर्मती ढेंगामगर भेटिएकी छैनन्।

प्रदेश सांसद सुमन शर्मा रायमाझीका अनुसार शनिबार राति ११ बजेसम्म सांसद मगर उनीसँगै रहेकी थिइन्। दिउँसो साढे ११ बजे घरमा सासु बिरामी भएको भन्दै मगरका श्रीमानले फोन गरेपछि उनी छोरा र श्रीमानसँग गाडीमा घरतर्फ लागेकी थिइन्।

‘उहाँ बेलुका आउछु, अहिले जान्छु ल भन्दै श्रीमान र छोरासँग जानुभयो। तर, अहिलेसम्म बेपत्ता हुनुहुन्छ,’ शर्माले भनिन्।

हिँडेको एक घन्टापछि फोन गरेर सासुको स्वास्थ्य कस्तो छ भनेर मगरलाई फोन गर्दा सम्पर्क नभएको शर्माको भनाइ छ। ‘उहाँले बेलुका आउँछु भन्नुभएको थियो बेलुका पनि आउनु भएन, बिहान मात्रै उहाँलाई बेपत्ता पारियो भनेर थाहा भयो,’ शर्माले थपिन्।

तथापि, जसपा प्रदेश अध्यक्षसँग सांसद  मगरको फोन संवाद भएको शर्माले उल्लेख गरिन्। ‘मलाई बेपत्ता पारियो, श्रीमानले मलाई ‘टर्चर’ दिइहेका छन्। श्रीमानले मलाई मुख्यमन्त्रीतर्फ लाग्न दबाब दिइरहेका छन्, अहिले मेरो फोन श्रीमानसँग छ। तपाईंलाई लुकेर कल गरेकी हुँ,’ जसपा प्रदेशसभा अध्यक्षसँग भएको कुराकानी उद्घृत गर्दै  शर्माले जानकारी दिइन्।

सांसद मगरले आफूलाई बेपत्ता पारेर राखेको स्थान बताएकी थिइन्। हतार–हतार सांसदहरू बुटबलको मणिग्राम पुग्दा त्यहाँबाट उहाँलाई अन्यत्र स्थानान्तरण गरिसकिएको शर्माले केन्द्रबिन्दुलाई जानकारी दिइन्। ‘अहिले चाहिँ उहाँ कहाँ हुनुहुन्छ थाहा छैन, हामी खोजिरहेका छौं,’ उनले भनिन्।

Logo