कांग्रेस पदाधिकारी बैठक आज

कांग्रेस पदाधिकारी बैठक आज


नेपाली कांग्रेसको पदाधिकारी बैठक आजका लागि बोलाइएको छ । बिहान ९ बजे प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा बस्ने पदाधिकारी बैठक महाधिवेशनमा केन्द्रित हुने भनिएको छ ।

भदौमा १४ औं महाधिवेशन गर्ने भनिए पनि अहिलेसम्म क्रियाशिल सदस्यता विवाद छानबिन कार्यदलले आफ्नो प्रतिवेदन प्रस्तुत गरेको छैन । 

यसअघि १२ साउनमा गर्ने भनिएको वडा अधिवेशन स्थगित भएको छ । 

Logo