नारदमुनिलाई बाहिर निस्कनुहोस् भन्ने माधव नेपालको हैसियत के?: गंगा चौधरी

नारदमुनिलाई बाहिर निस्कनुहोस् भन्ने माधव नेपालको हैसियत के?: गंगा चौधरी

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेकी सांसद गंगा चौधरी सत्गौवाले साउन १० गते अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सांसद नारदमुनि रानामाथि भएको व्यवहारले समस्त थारु समुदायको अपमान भएको बताएकी छिन्। 

उनले प्रतिनिधिसभाको बैठकमा माधव नेपालले बाहिर निस्कनुहोस् भनेर नारदमुनिलाई अपमान गरेको आरोप लगाइन्। समिति बैठकमा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले सांसद रानालाई प्रतिगमनको मतियार, बाहिर जानुस् भनेका थिए।

उक्त घटना समस्त थारु समुदायको अपमान भएको छ। ‘१० गते जुन दृश्य समितिभित्र देखियो, त्यो सदियौंदेखि शासकले थारुमाथि शोषण गरेको झझल्को दिलाउँछ’ उनले भनिन्।

समिति बैठकमा सांसद नारदमुनि रानामाथि अधिनायकवादी चरित्र प्रदर्शन भएको र उनको वाक स्वतन्त्रतामाथि गम्भीर आघात पुगेको सांसद सत्गौवाले बताइन्।

‘लोकतन्त्र भनेको के बोल्न नपाउने हो र? फरक विचार राख्दैमा निस्केर जा भन्न मिल्छ? एउटा बराबर हैसियतको सांसदलाई निस्केर जा भन्ने? त्यहाँ सबैको एउटै हैसियत हैन र?’–उनले भनिन् ।

सांसद सत्गौवाले आगामी दिनमा यस्तो घटना दोहोर्याए थारु समुदायलाई स्वीकार्य नहुने बताइन्।

समितिको बैठकमा सांसद रानाले एमाले वरिष्ठ नेता माधवकुमार नेपालको आलोचना गर्दा एमालेकै नेपाल पक्षका सांसदसहित अरु दलका सांसदहरु पनि उनीमाथि खनिएका थिए।

Logo