रेशम चौधरी तटस्थ नै बसेका छन्ः लक्ष्मण थारू

रेशम चौधरी तटस्थ नै बसेका छन्ः लक्ष्मण थारू

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवाद समाधानका लागि निर्वाचन आयोगले सोमबार गरेको सनाखतमा रेशम चौधरी तटस्थ बसे। 

बुधबार उनी यादव पक्षमा लागेको समाचार आयो। तर, थरुहट नेता लक्ष्मण थारुले रेशम चौधरी पार्टीको सवालमा अझै तटस्थ रहेको दाबी गरेका छन्। बुधबार साँझ पौने ६ बजेतिर रेशमसंग आफ्नो कुरा भएको बताउँदै नेता थारुले केन्द्रबिन्दुसँग भने,‘बाबुराम भट्टराई र उपेन्द्र यादवले रेशमलाई फकाउन खोजिरहेका छन्। तर, उनले मसँगको फोन वार्तामा आफू अझैसम्म तटस्थ नै बसेको बताए।’

हाल डिल्लीबजार कारागारमा रहेका चौधरीले बुधबार पार्टीको केन्द्रीय कार्यकारिणी बैठक जारी रहेका बेला फोनमार्फत आफू जसपाको आधिकारिक पक्षमा रहेको बताएको पार्टी प्रचार विभाग प्रमुख डम्बर खतिवडाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका थिए।

टीकापुर काण्डमा मुछिएका लक्ष्मण थारु धनगढी कारागारबाट र रेशम चौधरी भारत प्रवासबाटै राजपाबाट संघीय चुनाव लडेका थिए। 
 

Skip This
Skip This
Logo