एमसीसीबिना पनि नेपाल अगाडि बढ्न सक्छ, यसलाई खारेज गरौंः धवलशम्शेर राणा

एमसीसीबिना पनि नेपाल अगाडि बढ्न सक्छ, यसलाई खारेज गरौंः धवलशम्शेर राणा


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता धवलशम्शेर राणाले एमसीसी सहयोगबिना नेपाल अगाडि बढ्नै नसक्ने होइन भनेका छन्।

जनताको अधिक चासो, चिन्ता र विरोध रहेको एमसीसीको यथार्थ अवस्था कि त जनतालाई बुझाउन सक्नु पर्यो, नत्र खारेज गर्नु पर्यो, राप्रपाका नेता तथा नेपालगंज उपमहानगरपालिकाका मेयर राणाले भने।

‘अन्य देशहरूसँग पनि आर्थिक सहयोग लिने गरेको नेपालले यो एमसीसीमा जनताको यति धेरै चासो, चिन्ता र विरोध किन छ?’ उनले ट्वीट गर्दै भने ।

‘यदि नेपालीको लागि सहयोग हो भने बुझाउन सक्नु पर्यो, नत्र यो आर्थिक सहयोग बिना देशै अगाडि नबढ्ने होइन, यसलाई खारेज गरौं,’ राणाले भने।

राप्रपाका प्रभावशाली नेता राणाले आसन्न महाधिवेशनमा पार्टी अध्यक्ष पदमा उम्मेवारी दिने घोषणा गरिसकेका छन्।

दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरण हुनुपर्छ भन्ने माग र बहस राप्रपाभित्र व्यापक बनिरहेको अवस्थामा लोकप्रिय नेता राणाले नेतृत्वको लागि दावी अघि सारेका हुन्।

Logo