जनता समाजवादी पार्टीको संघिय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले महाकाली घटनाको छिटो छानबीन गर्न माग गरेका छन्।
सामाजिक संजाल ट्वीटरमा आज एक सन्देश लेख्दै उनले दोषीलाई कारबाही गर्न पनि माग गरेका छन् । अहिलेको समयमा पनि तुइन तर्नु पर्ने बाध्यता रहनु दुःखद भएको र यसको दीर्घकालिन समाधान खोजिनु पर्नेमा उनले जोड दिएका छन्।
महाकाली घटनाको सत्यतथ्यबारे छिटो छानबीन होस् र तदनुरूप आवश्यक कार्बाही होस् । उनले भनेका छन् , यो जमानामा पनि तुइन तरेर ज्यान जोखिममा पार्नु पर्ने स्थितिको तुरून्तै व्यवहारिक अन्त्य होस् ।
यस्तै उनले कुराले मात्र चिउरा भिज्दैन भन्ने वोध जिम्मेवार तहमा बसेका सबैलाई होस् भन्दै अब उप्रान्त अनाहकमा कसैको ज्यान नजाओस् भन्ने सुझाव पनि दिएका छन्।
शुक्रबार महाकाली नदीको तुइनबाट खसेर दार्चुलामा एक युवकको मृत्यु भएको थियो। भारतीय एसएसबीले तुइनको डोरी काटिदिएका कारण उनको मृत्यु भएको बताइएको छ। भट्टराईले यसको छानबीन र दोषीलाई कारबाहीको माग गरेका हुन्।































प्रतिक्रिया