‘प्रदेश नं. ५ का कानुनमन्त्रीको दादागिरीलाई नेकपाले सामान्यीकरण गर्‍यो’ : गगन थापा

‘प्रदेश नं. ५ का कानुनमन्त्रीको दादागिरीलाई नेकपाले सामान्यीकरण गर्‍यो’ : गगन थापा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
नेपाली काँग्रेसका सांसद गगन थापाले प्रदेश नं. ५ का कानुनमन्त्रीले सोमबार प्रदेश सभामा देखाएको उच्छृङ्खलता र दादागिरीलाई नेकपाले सामान्यीकरण गरेको भन्दै त्यसको आलोचना गरेका छन् ।

सामाजिक संजाल फेसबुकमा टिप्पणी गर्दै सांसद थापाले सोमबार कानुनमन्त्रीको उच्छृङ्खलता र दादागिरीलाई आज सिंगो नेकपा पंक्तिबाट अति सामान्यीकरण गर्ने जुन काम भयो यो गम्भीर बिषय भएको आरोप लगाए ।

व्यवस्थापिकालाई कार्यपालिकाले निर्देशित र नियन्त्रित गर्ने काम संघबाट प्रदेशमा पनि सरेको उनको टिप्पणी थियो । थापाले कांग्रेसको तर्फबाट प्रदेशसभा सदस्यहरूले आवेगमा संयम गुमाउँदा भएको अशोभनीय घटनाका सन्दर्भमा पार्टीले आफ्नो धारणा सार्वजनिक गरिसकेको र यस्ता घटनाहरू नदोहोराउन पनि आग्रह गरेका छन् । संसदमा संसदीय मर्यादा विपरीतको आचरण प्रस्तुत नगर्ने तर्फ कांग्रेस निरन्तर सचेत रहने उनले बताए ।

थापाले लेखेका छन् :
व्यवस्थापिकालाई कार्यपालिकाले निर्देशित र नियन्त्रित गर्ने काम संघबाट प्रदेशमा पनि सर्यो ।

प्रदेश नं. ५ को प्रदेश सभा बैठकमा नेपाली कांग्रेसको तर्फबाट प्रदेशसभा सदस्यहरूले आवेगमा संयम गुमाउँदा भएको अशोभनीय घटनाका सन्दर्भमा पार्टीले आफ्नो धारणा सार्वजनिक गरिसकेको छ। यस किसिमका घटनाहरू नदोहोर्उन र संसदमा संसदीय मर्यादा विपरीतको आचरण प्रस्तुत नगर्ने तर्फ कांग्रेस निरन्तर सचेत रहनेछ।

तर हिजोको बैठकमा कानुन मन्त्रीको उच्छृङ्खलता र दादागिरीलाई आज सिंगो नेकपा पंक्तिबाट अति सामान्यीकरण गर्ने जुन काम भयो यो गम्भीर बिषय हो । नेकपाको मौन सहमतिले बताउँछ, नेकपा, संसद कार्यपालिकाको वशीभूत हुने कुरा संघमा जस्तै प्रदेशमा पनि स्थापना गर्न चाहन्छ।

आचरण बदल्न सकिन्छ, तर नियत नै खराब भएपछि त्यति सजिलै बदलिँदैन, मिहेनत गर्नुपर्छ। यसलाई गम्भीरता पूर्वक लिऔं।

Skip This
Skip This
Logo