कुलमानलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्न प्रधानमन्त्रीको निर्देशन

कुलमानलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्न प्रधानमन्त्रीको निर्देशन

केन्द्रबिन्दु
0
Shares

कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएका छन्। 

ऊर्जा तथा जलस्रोतमन्त्री पम्फा भुसाललाई प्रधानमन्त्री देउवाले आज यस्तो निर्देशन दिएका हुन्।

गत भदौमा पदमुक्त भएका घिसिङलाई केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्ति नगरी हितेन्द्रदेव शाक्यलाई कामु कार्यकारी निर्देशक तोकेको थियो। 

शाक्यको आजै राजीनामा माग गरी घिसिङलाई नियुक्ति दिने तयारी गरिएको स्रोतले जनाएको छ।

Skip This
Skip This
Logo