वलीले फेरिन् बोलीः माओवादी केन्द्रमै रहेको खुलासा

वलीले फेरिन् बोलीः माओवादी केन्द्रमै रहेको खुलासा

केन्द्रबिन्दु
0
Shares

विपक्षी गठबन्धनले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएसँगै सांसदहरूको तानातान सुरु भएको छ। यसको पछिल्लो उदाहरण हुन् प्रदेश सांसद विमलाकुमारी खत्री वली।

सोमबार प्रेस विज्ञप्ति जारी गर्दै एमालेमै रहेको बताएकी वली फेरि माओवादी केन्द्रमै फर्किएकी छन् । उनी बुधबार बिहान प्रदेशसभा सचिवालयमा रहेको माओवादी संसदीय दलको कार्यालयमा उपस्थितसमेत भइन् ।

माओवादी संसदीय दलका एक सदस्यका अनुसार उनी निकै तनावमा छिन्। माओवादी संसदीय दलको कार्यालयमा सहकर्मीहरूसँग आँसुसमेत झारिन्।

मुख्यमन्त्री पोखरेलको निवासमा ‘बन्धक’ बनाएर जबरजस्ती नक्कली विज्ञप्ति निकालिएको आरोप माओवादीले लगाएको थियो। २३ फागुनको सर्वोच्चको फैसलाले नेकपा खारेज भएपछि वलीले माओवादी केन्द्र रोजेको घोषणा गरेकी थिइन्। उनी प्रदेश सभामा विपक्षी बेन्चमै बस्दै आएकी थिइन्। उनी एकसातादेखि माओवादी केन्द्र पार्टीसँग सम्पर्कविहीन थिइन्।

वली माओवादी केन्द्रमा फर्केपछि विपक्षी गठबन्धनलाई सरकार बनाउन बहुमत जुटेको छ। विपक्षीले प्रदेश प्रमुख समक्ष विशेष अधिवेशन बोलाउन आवेदन दिइसकेका छन्।
 

Skip This
Skip This
Logo