नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीको क्रियाशील सदस्यता छानबिन गर्न गठित समितिका संयोजक रमेश लेखकले भेट गर्दैछन्।
बूढानीलकण्ठस्थित निवासमा देउवालाई लेखकले आज दिउँसो तीन बजेपछि भेट गर्ने भएका हुन्।
भेटमा क्रियाशील सदस्यता छानबिन प्रतिवेदनसँगै समितिले विवाद निरुपण गर्न नसकेको ठाउँहरूबारे के गर्ने भन्ने विषयमा कुरा हुने भएको छ।
महाधिवेशन हुन २८ दिन बाँकी छँदा पनि क्रियाशील सदस्यता वितरण र नवीकरणसँग सम्बन्धी विवाद टुङ्गिएको छैन। जसले गर्दा कांग्रेस महाधिवेशन पर धकेलिने निश्चित भएको छ।
यद्यपि, कांग्रेसले महाधिवेशनको कार्यतालिका भने हेरफेर गरेको छैन।





























प्रतिक्रिया