म प्रधानमन्त्री हुन जन्मिएको होइन, काम गर्दै जाँदा भएको हुँ: केपी ओली

म प्रधानमन्त्री हुन जन्मिएको होइन, काम गर्दै जाँदा भएको हुँ: केपी ओली

केन्द्रबिन्दु
0
Shares

पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुन नजन्मिएको भन्दै काम गर्दै जाँदा प्रधानमन्त्री भएको बताएका छन् । 

आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै ओलीले आफूले काम राम्रो गरेको तर जाल झेल गरेर आफू नेतृत्वको सरकार ढालिएको बताए । 

उनले आफू परमादेशबाट नभइ जनादेशबाट प्रधानमन्त्री भएको भन्दै असंवैधानिक गठबन्धनबाट हट्नु परेको पनि बताएका छन् । 

आफ्नो कामलाई इतिहासले मूल्यांकन गर्ने उनको भनाइ थियो । 

Logo