प्रमुख विपक्षी दलका नेता तथा पूर्वप्रधानमन्त्री केपी ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा लिएर अगाडि बढेको आफूलाई गालीले खासै फरक नपर्ने बताएका छन्। यसप्रति चिन्ता पनि नभएको उनको भनाइ छ।
प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले आफूमाथि निक्कै प्रहार भएको र भइरहेको पनि बताए।
‘म माथि निक्कै प्रहार भएको देखियो, भइरहेको पनि छ, त्यसमा मेरो चिन्ता छैन, समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षाको उद्देश्य बोकेर त्यसतर्फको यात्रामा हिँडे’, पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले भने, ‘नेपाललाई समृद्ध बनाउने र नेपाली जनतालाई सुखी बनाउन हिँडेको मान्छेलाई गाली गलौजले खासै फरक पर्दैन।’
माओवादी केन्द्रसँग चुनावी तालमेल र पार्टी एकता अपवित्र ढंगले नगरेको पनि स्पष्ट पारे।
उनले संविधानबमोजिम सरकार सञ्चालन हुनुपर्ने र कानुनी राज्यको प्रत्याभूती हुने गरिको शासन सञ्चालनका लागि उपयुक्त ठाउँमा उपयुक्त मान्छेको नियुक्ति गरेको र नातावादसँगै कृपावादको छायाँसम्म नियुक्तिमा पर्न नदिएको दाबी गरे।































प्रतिक्रिया