लुम्बिनीको विशेष अधिवेशनविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा, अधिवेशन हुने

लुम्बिनीको विशेष अधिवेशनविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा, अधिवेशन हुने

केन्द्रबिन्दु
0
Shares

सर्वोच्च अदालतले लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन रोक्न माग गर्दै दायर रिटलाई ‘हेर्न नभ्याइने’ मा राखेको छ।

न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासमा आज सुनुवाइका लागि रिटको पेसी तोकिएको थियो। तर, सर्वोच्चले ‘हेर्न नभ्याइने’ मा राखेको हो।

अब, भोलि लुम्बिनी प्रदेशको विशेष अधिवेशन हुने निश्चित भएको छ।

अधिवेशनमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल हुनेछ। अधिवेशन रोक्नुपर्ने मागसहित एमाले सांसद लीला गिरी सर्वोच्च पुगेका हुन्। 

Skip This
Skip This
Logo