देउवालाई ओलीको प्रश्नः एमसीसी के गर्नुहुन्छ?(भिडियोसहित)

देउवालाई ओलीको प्रश्नः एमसीसी के गर्नुहुन्छ?(भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

हामीले हरेक दिन महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले दिनभरि घटेका घटनाहरुलाई समेटेका छौं।

प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकासँग गरिएको मिलिनियम च्यालेन्च कर्पोरेसन (एमसीसी) बारे साझा न्यूनतम कार्यक्रममा बारे प्रधानमन्त्री शेरबहादुर देउवाले बिर्सिएको भन्दै त्यसबारे जवाफ माग गरेका छन्। 

ओलीले आफ्नो मन्तव्यका शान्ति, सुशासन र विकासको बाटो समातिसकेको देश लोकतान्त्रिक संस्कृति नभएर गठबन्धनको संस्कृतितिर जान थालेको बताउँदै त्यसले विकासको अभियानलाई हाँक्न नसक्ने पनि बताएका छन्। देउवा एक महिनासम्म सरकार बधाइमै रमाइरहेको र केहि पनि काम गर्न सक्षम नभएको पनि ओलीले आरोप लगाएका छन्।

अर्थमन्त्री जनार्दन शर्माले बुधबारको संसदमा आर्थिक श्वेतपत्र जारी गरेका छन्। अर्थमन्त्री शर्माले संसदमा आर्थिक स्वेतपत्र जारी गर्दैे २०७४ सालमा तत्कालीन सरकारले आर्थिक श्वेतपत्र जारी गर्दा ४३ अर्बले घाटामा रहेको सञ्चित कोष आर्थिक वर्ष २०७६÷७७मा २ खर्ब १६मा पुगेको स्मरण गराएका छन्। उनले ओली  सरकारले बजेटभन्दा बाहिर गएर सडकका लागि ३ खर्ब र रेलमार्गका लागि ५७ अर्ब बजेटको स्रोत सुनिश्चित गरेको श्वेतपत्रमा उल्लेख गरेका छन्। यस्तै अर्थमन्त्री शर्माले ओली सरकारले अध्यादेश मार्फत ल्याएको चालु आर्थिक वर्षको बजेटलाई प्रतिस्थापन विधेयक ल्याएर नयाँ बजेट ल्याइने पनि जानकारी गराएका छन्। 

काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण पुनः बढ्न थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञालाई थप कडाइ गरेको छ। निषेधाज्ञालाई भदौ ८ गतेसम्म थप गर्दै केही क्षेत्रमा कडाइ गर्ने निर्णय गरेको हो। नेपालमा मंगलबार पछिल्लो एक महिनाकै धेरै संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार आज ४ हजार ९०४ जना कोरोना संक्रमित थपिएका छन्। 

चीनमा पुनः कोरोना संक्रमण फैलन थालेको छ। विभिन्न सहरहरूको ‘डेल्टा भेरिएन्ट’का संक्रमितहरू फेलपर्न थालेपछि चीनले सन् २०२० पछिकै कडा नियम लागू गरेको सिएनएनले जनाएको छ। ‘डेल्टा भेरिएन्ट’लाई फैलिनबाट रोक्न नसकेको भन्दै चीनले ४० बढी सरकारी अधिकारीलाई कारवाही गरेको छ। हेरौं यसै विषयमा तयार ‘डेल्टा भेरिएन्ट’लाई फैलिनबाट रोक्न नसकेको भन्दै चीनले ४० सरकारी अधिकारीलाई कारवाही गरेको छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सन् २०२८ को लस एन्जलस ओलम्पिकमा क्रिकेट समावेश गर्न पहल थालेको छ। सन् १९०० को ओलम्पिकमा समावेश गरिएको क्रिकेट खेल त्यसपछिका ठूला खेलकुद कार्यक्रमहरुमा विरलैमात्र समावेस गरिएको छ। तर, अब भने क्रिकेटको सर्वोच्च निकाय आईसीसीले मंगलबार ओलम्पिकमा सहभागिता गराउनका लागि पहल शुरु गरेको जनाएको छ । खेलकुदकै अर्को प्रसंगमा अर्जेन्टिनी कप्तान लियोनल मेस्सी फ्रेन्च क्लब (पीएसजी)मा जाने पक्का भएको छ।

Logo