नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व मन्त्री वर्षमान पुनले आदिवासी जनजातिको पहुँच सबै क्षेत्रमा बिस्तार हुँदै गएको धारणा राखेका छन्।
नेपाल आदिवासी जनजाति महासंघको अन्तरक्रिया कार्यक्रममा नेता पुनले भने, ‘प्रत्यक्ष र समानुपातिक समावेशिताका कारणले उपस्थिती हुने अवसर पनि जनजातिले पाएका छन् । कमसेकम बोल्ने ठाउँमा, नीति निर्माण तहमा बिस्तारै पहुँच पुगेको छ, तर पर्याप्त छैन।’
नेपाली कांग्रेसकी नेतृ सीता गुरुङले हरेक राजनीतिक दलहरुले राज्यको समस्याका रुपमा आदिवासी जनजातिका समस्यालाई नलिए समस्या हल नहुने जिकिर गरिन् । उनले राजनीतिक दलहरुले नै राज्यको एजेण्डा बनाएर नलगेसम्म आदिवासी जनजातिले समान अधिकार, प्रतिनिधित्व र पहिचान नपाउने बताइन्।
गुरुङले लक्षित समुदायले मात्रै एजेण्डा उठाएर नहुने भन्दै सबै राजनीतिक दलहरुले आदिवासी जनजातिका एजेण्डा उठाउनुपर्नेमा जोड दिइन्।































प्रतिक्रिया