देउवाजी, परमादेश तपाईंको पहिचान हो, गर्व गर्नुहोस्ः सांसद राई

देउवाजी, परमादेश तपाईंको पहिचान हो, गर्व गर्नुहोस्ः सांसद राई

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका सांसद रामचन्द्र राईले जयसिंह धामी प्रकरणमा छानबिन समितिले प्रभावकारी रुपमा काम नगरेको आरोप लगाएका छन्।

उनले राष्ट्रिय सभाको आजको बैठकमा बोल्दै छानबिन समितिले चाँडोभन्दा चाँडो सबैले विश्वास गर्ने गरि प्रतिवेदन ल्याउन माग गरेका छन्।

छानबिन समितिले के नभनोस् भने एसएसबीले तुइन काटिदिएको होइन् । चुँडिन लागेको रहेछ तुइन, आफैं खस्यो चाहिँ नभनोस्’, सांसद राईले भने। 

त्यस्तै उनले प्रधानमन्त्री शेरबहादुर देउवा परमादेशबाट प्रधानमन्त्री बनेको भन्दै परमादेशको सरकार देउवाको पहिचान भएको आरोप पनि लगाए।

‘किन ताना बाना बुन्नु हुन्छ साथीहरू, देउवाको पहिचान नै परमादेश हो, गर्व गर्नुहोस् न यो पहिचानको’, उनले भनेका छन्। त्यस्तै सांसद राईले देउवा नेतृत्वको सरकार टालाटुली रहेको पनि टिप्पणी गरेका छन्।

‘टालाटुली बाटुली कति राम्री पुतली भएको सरकार हो यो, टालाटुली पुतलीको रंग एकै हुँदैन, रंगहरू चाडै खुईलिन सक्छन्, उड्न सक्छन्, कमजोर र च्यातिन सक्छ, हामी तपाईंहरूलाई सचेत गराउँछौं, रंग नखुईलियोस् न च्यात्तियोस्।

Logo