कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै, छलफल महाधिवेशनमै केन्द्रित हुने

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै, छलफल महाधिवेशनमै केन्द्रित हुने

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा आज पनि क्रियाशील सदस्यता छानबिनसम्बन्धी विषयमै बाँकी नेताहरूले धारणा राख्ने भएका छन्। बैठक सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा दिउँसो २ बजेपछि बस्नेछ।

बैठककाे दाेस्राे दिन शुक्रबार भने क्रियाशील सदस्यता, निर्वाचन र आमन्त्रित केन्द्रीय सदस्यहरू भूमिकाे विषयमा नेताहरूबीच चर्काचर्की भयाे।

२२ जना आमन्त्रित सदस्यहरूले अपमान भएकाे भन्दै राजीनामा पत्र सभापति देउवालाई दिएपछि वरिष्ठ नेता रामचन्द्र पाैडेल झाेक्किएका थिए। उनले पनि राजीनामा दिने बताए।`विधानमा छैन, त्यसकारण म पनि तल (वडा तह) बाटै चुनाव लड्छु, राजीनामा दिन्छु´, पाैडेलले बताए।

त्यसपछि बैठककाे माहाेल बिग्रिएकाे थियाे।
 
देउवाले भने,`मलाई बाेल्न दिनुहाेस्, सुन्नुहाेस् तपाईंले मात्रै बाेल्ने? ´ 
त्यसपछि नेताहरू उठेर हिँडेका थिए।

बैठकमा चर्काचर्कीकाे स्थिति हुनु पहिले केन्द्रीय सदस्यहरू  प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा. रामशरण महत, बलबहादुर के.सी., महेश आचार्य, फरमूल्लाह मंसुर, उमाकान्त चौधरी, अर्जुनप्रसाद जोशी, डा. शेखर कोइराला, जीवनबहादुर शाही, कमला पन्त, अजयकुमार चौरसिया, धनराज गुरुङ, रत्न शेरचन, मीनबहादुर विश्वकर्मा, बद्री पाण्डे, श्यामकुमार घिमिरे, रामकृष्ण यादवबहादुर सिंह .(लामा) तामाङ, जंगीलाल राय, रामजनम चौधरी र हेमराज तातेडले धारणा राखेका थिए।

राजीनामा दिएपछि केन्द्रीय आमन्त्रित सदस्यहरू हसन अन्सारी, किरणराज शर्मा पौडेल, कृष्णकिशोर घिमिरे र जनकराज कलौनीले पनि धारणा राखेका थिए।

बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले निर्वाचन निर्देशिका, क्रियाशील सदस्यता छानबिन समिति संयाेजक रमेश लेखक र पार्टी समायाेजन समिति संयाेजक बिमलेन्द्र निधिले प्रतिवेदन पेस गरेका छन्।

महाधिवेशनकाे नयाँ कार्यतालिकासम्बन्धी प्रस्ताव भने बैठकमा पेस भएकाे छैन। बैठककाे निष्कर्षकाे आधारमा महाधिवेशनकाे नयाँ  कार्यतालिका बनाइने नेताहरूले बताएका छन्।

Logo