माओवादी केन्द्रकाे केन्द्रीय कमिटी बैठकमा आज समूहगत छलफल हुने

माओवादी केन्द्रकाे केन्द्रीय कमिटी बैठकमा आज समूहगत छलफल हुने


नेकपा माओवादी केन्द्रकाे केन्द्रीय कमिटी बैठकमा आज समूहगत छलफल हुने भएकाे छ।

अध्यक्ष पुष्पकमल दाहाल `प्रचण्ड´ले शनिबार प्रस्तुत गरेकाे राजनीतिक तथा संगठनात्मक संरचनासम्बन्धी प्रस्तावमा सातवटा प्रदेश कमिटी र प्रवास कमिटीसँगै सम्पर्क मञ्च रहेकाे आठवटा समूहका नेताहरूले धारणा राख्नेछन्।

नेता हरिबाेल गजुरेलका अनुसार छलफल बिहान ११ बजेपछि हुनेछ। प्रत्येक समूहका एक/एक जना नेताले समूहमा छलफल हुँदा आएकाे निछाेडसहित धारणा राख्नेछन्।

अध्यक्ष प्रचण्डले प्रस्तुत गरेकाे प्रतिवेदनमा सत्तारूढ गठबन्धनमा रहेका दलहरूलाई चुनावसम्मै निरन्तरता दिनुपर्ने भनिएकाे छ।

महन्थ ठाकुर पक्ष सरकारमा नआउने उनकाे निष्कर्ष छ। एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले साथ नदिए कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार ढल्ने भएकाेले जाेगाउन चुनाैती रहेकाे उल्लेख छ।

पार्टीको सम्मेलन पनि पुसमा गर्ने उनकाे प्रस्ताव छ।

Logo