प्रदेश नम्बर ५ को प्रदेश सभा बैठक स्थगित

प्रदेश नम्बर ५ को प्रदेश सभा बैठक स्थगित

केन्द्रबिन्दु
0
Shares

बुटवल । प्रदेश नम्बर ५ को प्रदेश सभा बैठक तत्कालका लागि स्थगित भएको छ । सोमबार सुरु भएको बैठकमा प्रतिपक्षी दलका सांसदहरुले उठेर विरोध गरेपछि सोमबार दिउँसो २ बजेसम्मका लागि प्रदेश सभाको बैठक स्थगित भएको हो । प्रदेश ५ को नेकपा स‌ंसदीय दलले प्रदेशको नाम लुम्बिनी र राजधानी दाङको देउखुरी बनाउने प्रदेश सरकारको प्रस्तावका पक्षमा मतदान गर्न आफ्ना प्रदेश सभा सांसदहरुलाई ह्वीप जारी गरेको छ । संसदीय दलको साेमबार बसेकाे बैठकमा मुख्यमन्त्री तथा संसदीय दलका नेता शंकर पोखरेलले सरकारको निर्णयका पक्षमै मतदान गर्न ह्वीप जारी गरेका थिए ।

बैठकमा विपक्षी दलका नेता वीरेन्द्रकुमार कनौडियाले राजधानी बुटवलबाट दाङ सार्नुको औचित्य पुष्टि गर्न मुख्यमन्त्रीलाई आग्रह गरेका थिए । साथै तानाशाही शैलीमा प्रदेशको स्थायी राजधानी बनाउन खोजीएको उनको आरोप छ ।
उनले भने–‘बुटवलबाट दाङमा राजधानी सार्नुको औचित्य के हो ? सहमतिमै राजधानी तोकिनुपर्थ्यो। खुशी हुनुपर्ने दिनमा बाहिर निषेधाज्ञा लगाएर तानाशाही शैलीमा राजधानी तोक्न खोजियो। ’

भालुवाङमा राजधानी बनाउँदा अर्थतन्त्रले नभ्याउनेसमेत कनौडियाको तर्क छ। प्रदेश सभाको बैठक सुरू भएसँगै विपक्षी दलका सांसदले उठेर विरोध गरेपछि सभामुख पूर्णबहादुर घर्तीमगरले दिउँसाे २ बजेसम्मका लागि बैठक स्थगित भएकाे जानकारी  दिएका थिए ।

Logo