प्रचण्डले विधानमा थपे ‘उपमहासचिव’

प्रचण्डले विधानमा थपे ‘उपमहासचिव’


माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपमहासचिव पद पार्टीको विधानमा राखेका छन्। कति जना उपमहासचिव हुने भन्ने उल्लेख छैन।

हाल अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष पद माओवादी केन्द्रमा छ। २०६९ मा भएको हेटौंडा महाधिवेशनपछि माओवादी बहुपदीय प्रणालीमा गएको हो।

काठमाडौंको अनुपम फुडल्याण्डमा जारी केन्द्री समिति बैठकमा उनले पेस गरेको ५२ पृष्ठको विधान उपमहासचिव राख्ने प्रावधान राखेको पाइएको छ।

नेकपा एमालेमा चाहिँ उपमहासचिव पद छ। अब भने माओवादीले पनि राख्ने भएको देखिएको हो। तर, केन्द्रीय समिति बैठकले पारित गर्न बाँकी छ।

गत असारमै नेताहरूलाई उपमहासचिवको पनि व्यवस्था राखेको विधान अध्ययन गर्न माओवादीले दिएको थियो।

विधानलाई केन्द्रीय समिति बैठकले पारित गरेमा लागू हुनेछ। एमालेले पनि नवौं महाधिवेशनपछि मात्रै उपमहासचिव पद राखेको हो।

Logo