भूतपूर्व गोर्खाहरूको समस्या समाधान गर्न कुटनीतिक पहल गर्न राणाकाे अपिल

भूतपूर्व गोर्खाहरूको समस्या समाधान गर्न कुटनीतिक पहल गर्न राणाकाे अपिल


राष्ट्रिय प्रजान्तन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले बेलायती सरकारसँग वार्ता गरेर भूतपूर्व गोर्खाहरूको समस्या समाधान गर्न कुटनीतिक पहल गर्न नेपाल सरकारसँग अपिल गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सरकारको तहबाट समस्या समाधान गर्न राप्रपा अध्यक्ष राणाले आइतबार अनुरोध गरेका हुन् । ‘अनसनरत भूतपूर्व गोर्खाहरुको समस्या समाधान गर्न कुटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराएँ । समस्या समाधानका लागि सरकारले बेलायती सरकारसँग गम्भीर छलफल गर्ने प्रधानमन्त्रीले प्रतिवद्धता जनाउनु भएको छ,’ प्रधानमन्त्री निवास बालवाटारमा भएको भेटवार्तापछि राणाले भने-‘सरकारको प्रतिवद्धता मन्त्रिपरिषदको वैठकद्वारा जानकारी गराउने पनि प्रधानमन्त्रीले आश्वासन दिनुभएको छ ।’

गोर्खाहरु माथि दुई शताब्दीदेखि भएको विभेद अन्त्यका लागि बेलायती प्रधानमन्त्री निवास अगाडि लण्डनमा आठ दिनदेखि भूतपूर्व गोेर्खा सैनिकहरु अनसनमा छन् । भोक हडतालमा बसेका ज्ञानराज राई, धनबहादुर गुरुङ र पुष्पा राना घलेको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक हुँदै गएको बताइन्छ ।

भेटको क्रममा अफगानिस्तानमा रहेका नेपालीहरुलाई सकुशल स्वदेश फिर्ता ल्याउन पनि अध्यक्ष राणाले सरकारसँग माग गरेका छन् ।

Logo