बागमती प्रदेश सरकार पनि ढल्न सक्छः राजेन्द्र पाण्डे

बागमती प्रदेश सरकार पनि ढल्न सक्छः राजेन्द्र पाण्डे

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेभित्रको विवाद चरम उत्कर्षमा पुगेका बेला माधव नेपाल समूहका नेता एवं बागमती प्रदेशका सांसद राजेन्द्र पाण्डेले बागमती प्रदेश सरकार पनि ढल्न सक्ने बताएका छन्। केन्द्रबिन्दुसँग कुराकानीका क्रममा उनले यस्तो बताएका हुन्।

गण्डकी र लुम्बिनीमा सरकार ढले जसरी नै बागमतीमा पनि सरकार ढल्ने सम्भावना रहेको पाण्डेको दाबी छ। 

'जुरेबाट सुरु भएको पहिरो मेलम्ची आइपुग्यो, अब हेटौंडामा पनि जान्छ।' पाण्डेले भनेका छन्, 'पहिरो रोक्ने कोसिस नै भएको छैन, पहिरो नरोकेपछि निरन्तर समस्या आउनु त स्वभाविक हो नि।'

यस्तै सांसद पाण्डेले आगामी साता नेपाल समूहले नयाँ पार्टी घोषणा गर्ने पनि दाबी गरेका छन्। उनले नयाँ पार्टीको घोषणा हुने र सूर्य चिन्हको ठाउँमा अर्कै चिन्ह राखेर पार्टीलाई अगाडि बढाउने पनि बताए।

नेता पाण्डे एमालेका प्रभावशाली नेतामध्येमा पर्छन्। पछिल्ला दिनहरुमा उनी माधव नेपाल समूहमा खुलेर लागेका छन्।
यो पनि

अब केही दिनमै माधव नेपाल समूहको छुट्टै पार्टी गठन हुन्छ : राजेन्द्र पाण्डे

Skip This
Skip This
Logo