निर्वाचन आयोगको फैसलाविरुद्ध महन्थ ठाकुरले दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदै

निर्वाचन आयोगको फैसलाविरुद्ध महन्थ ठाकुरले दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदै

केन्द्रबिन्दु
0
Shares

निर्वाचन आयोगले ११ साउनमा गरेको फैसलाविरूद्ध महन्थ ठाकुरले दायर गरेको निवेदनको सुनुवाइ आज हुँदैछ।

न्यायाधीशद्वय दीपककुमार कार्की र डा.आनन्दमोहन भट्टराईको इजलासमा सुनुवाइका लागि निवेदनको पेसी तोकिएको छ। ठाकुरले १५ साउनमा निवेदनमार्फत् आयोगको निर्णयलाई बदर गर्न माग गरेका छन्। 

१ असारमा उनी आफैंले हेरफेर गरेको राष्ट्रिय कार्यकारिणी समितिको आधारमा आयोगले आधिकारिकता विवाद निरूपण गर्नुपर्ने पनि उनले माग गरे।

आयोगले ११ साउनमा राष्ट्रिय कार्यकारिणी समितिमा हेड काउन्ट को आधारमा जसपाको आधिकारिकता उपेन्द्र यादव  पक्षलाई दिएको थियो। जतिबेला ५१ कार्यकारिणी सदस्यीय समितिमा यादव पक्षसँग ३४ र ठाकुर पक्षसँग १६ जना रहेको पुष्टि भएको थियो।

Skip This
Skip This
Logo